Prakash Adhikari September 17, 2023

काठमाडौं, ३१ भाद्र । लामो समयदेखि भूमिस्थ भएो नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज लुम्बिनी मर्मतको लागि आज इजरायल लगिने भएको छ ।

नेपाल वायुसेवा निगमले दिएको जानकारी अनुसार  आज  बेलुकी साढे ११ बजे नाइन एन एके एक्स 9N-AKX संंकेत चिन्हको एअरबस निर्मित न्यारोबडी लुम्बिनी नामक जहाज मर्मतको लागि इजरायलको मर्मत संभार केन्द्रमा लगिन लागेको हो।

निगमले दशैं तिहार जस्ता यात्रु चाप बढ्ने सिजनलाई मध्यनजर गर्दै निरन्तर ताकेता पश्चात एमआरओ कम्पनीले मर्मत गर्नुपर्ने इन्जिन फेरबदल गर्नको लागि सेप्टेम्बर १८ का दिन स्लट उपलब्ध गराइसकेको हुँदा एक दिन अगाडि बिमान त्यसतर्फ प्रस्थान गरेको हो ।

निगमले उक्त जहाज ग्राउण्डेड हुनुभन्दा पहिला मिति १२ जुन, २०२३ मा नै सार्वजनिक खरिद ऐन तथा निगमको आर्थिक विनियमावली अनुसार निगमले ४५ दिनको म्याद दिई लिज सहितको इन्जिन मर्मतको लागि खुला प्रतिस्पर्धा हुने गरी शिल टेन्डर आह्वान गरिएको थियो ।

जसमा  एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीज (आइएआई) नियमानुसार छनौट भएको थियो । निगमले सो कँँम्पनीसँग लिज सहितको इन्जिन मर्मत गर्न सम्झौता गरिसकेको छ ।

निगमको क्यान एप्रुभ्ड एयरक्राफ्ट मेन्टेनेन्स प्रोग्राम (एएमपी) म्यानुएल अनुसार अनुसार नियमित रुपमा २४ सय उडान घण्टा वा १२ सय फ्लाइट साइकल वा ३६ महिना मध्ये जुन पहिले आउँछ, त्यहि अनुसार इन्जिनको वोरोस्कोप परीक्षण गर्नुपर्ने भएको र सोही बमोजिम वोरोस्कोप परीक्षण गर्दा जहाजको एएमएपीअनुसार गत मार्च १२ मा उक्त इन्जिनको वोरोस्कोप परीक्षण पश्चात सामान्य मेटेरियल लस देखिएको कारण अर्को वोरोस्कोप परीक्षण गर्ने अवधि एएमएमअनुसार ६ सय उडान घण्टामा झारिएको थियो । सोही अनुसार जुलाई १४ मा फेरि उक्त इन्जिनको वोरोस्कोप परीक्षण गर्दा पहिले भन्दा अलि बढी मेटेरियल लसमा देखिएको कारण इन्जिन निर्माता कम्पनीको सुझाव समेतको आधारमा १० उडान साइकलभित्र मर्मत हुने गरी एमआरओ फ्यासिलिटीमा इन्जिन मर्मत गर्न लैजानुपर्ने अवस्था देखिएकोले मर्मत कम्पनीमा लैजान ४ उडान साइकल बाँकी राखी लुम्बिनी जहाजलाई ग्राउन्डेड गरिएको थियो ।

वायुयान एक विशिष्ट प्राविधिक संयन्त्रबाट सञ्चालन हुने यान्त्रिक वस्तु भएकोले यसका विभिन्न पार्टपूर्जामा बेला बखत समस्याहरु आउन सक्ने हुँदा तोकिएको मापदण्डभित्र रही मर्मत सम्भार पश्चात नियमित उडान सञ्चालन गर्नु एक सामान्य अभ्यास रहि आएको छ । समस्याको प्रकृति र उपलब्ध साधन स्रोतको आधारमा सामान्यतः जहाज केही समयभित्र नै मर्मत सम्भार हुन सकि उडानयोग्य हुन्छ भने कहिलेकाही धेरै समय लाग्न सक्ने निगमले जनाएको छ ।

जहाजको इन्जिन मर्मत गर्नुपर्ने पूर्व सूचना दिने साधनहरु इन्जिन हेल्थ मोनिटरिङ (इएचएम), वोरोस्कोप तथा भौतिक निरीक्षण भएता पनि हालको इन्जिन मर्मत गर्नुपर्ने भनी वोरोस्कोप गरेपछि मात्र थाहा भएको थियो । यस सम्बन्धमा इएचएम सर्भिस प्रोभाइडर कम्पनीले पनि इन्जिन हेल्थ मोनिटरिङ (इएचएम)बाट इन्जिनको इन्टरनर डेटोरिएसनको सामान्य जानकारी दिए पनि इन्जिन डाउन गरी मर्मतमा पठाउनुपर्ने अवस्थाको निर्णायक सूचना दिन नसक्ने जनाएको छ ।

निगममा कार्यरत जिम्मेवार प्रविधिक एवं अन्य कर्मचारीहरुले भूमिस्थ विमानको इन्जिन मर्मत संभार गर्न र मर्मत संभार अवधिमा पनि उडान नियमित गराउन इन्जिन लिज लिने व्यवस्था गर्न गरेको मेहनत, लगनशिलता र इमान्दारीताको निगम व्यवस्थापनले उच्च कदर गरेको बताएको छ ।

 

 

Share Now

Leave a comment.