Prakash Adhikari October 24, 2017

काठमाडौं, ७ कार्तिक । एनआइसी एशिया बैंकको स्वीफ्ट कोड प्रयोग गरी कात्तिक २ गते ह्याकरले विदेशी बैंकमा रकम जम्मा गर्न गरेको प्रयास अब लगभग निष्क्रिय हुने चरणमा पुगेको बैंकले जनाएको छ ।

बैंकको बिदेशी बैंक खातामा रहेको रकम ह्याकले अन्यत्र सार्न दिएको अर्डर क्यान्सिल गरी सम्बन्धित बिदेशी बैंकहरुले रोकेर एनआइसी एशिया बैंककै खातामा ल्याउन पहल थालेका छन् ।

एनआइसीको स्वीफ्ट सर्भर अनधिकृत प्रयोग गरी अन्यत्र सार्न दिइएको सबै अर्डर क्यान्सिल गरिएको जानकारी सम्बन्धित बैंकहरुले दिएको एनआइसी एशियाको उच्च व्यवस्थापकले दिएका छन् ।

‘सो दिन स्वीफ्ट मार्फत दिइएको अर्डर सबै क्यान्सिल गर्न सम्बन्धित बैंकहरुलाई एनआईसी एशिया र राष्ट्र बैंकले आग्रह गरेका थिए । सबै अर्डर क्यान्सिल गरिएको सम्बन्धित बैंकहरुले जानकारी दिएका छन् ।

बैंकका कार्यवाहक प्रमुख अधिकृत रोशन न्यौपानले ग्राहकहरुको १ रुपैया पनि तलमाथि नभएको बताएका छन् ।

 

Share Now

Leave a comment.