Prakash Adhikari April 22, 2018

लण्डन(संयुक्त अधिराज्य), ९ बैशाख । अप्रिल २२ तारिखका दिन संसारकै ठुलो र चलायमान शहरहरुम्ध्ये एक सहरका रुपमा लिइने बेलायतको राजधानी लण्डनमा ‘लण्डन म्याराथन’  हुँदैछ।

सर्वसाधारण देखि संसारकै कीर्तिमान धावकहरु गरि ४० हजारभन्दा बढीले यस म्याराथनमा भाग लिदैछन् । म्याराथनमा भाग लिनेे धावकहरु महिनौदेखी यसको तयारीमा लागेका छन् भने आयोजकहरु पनि व्यापक तयारीमा संलग्न छन् ।

म्याराथनका दिन बिहान ८:५५ बजे बेलायती महारानी एलिजावेथ द्वितीयले विन्सोर क्यासलमा बटन थिचेर दौडको उद्घाटन गर्नेछिन् ।
धावकहरु ,याकहिथदेखि ग्रिन्विच सेन्टर, कटि सार्क हुँदै टावर ब्रीजबाट थेम्स नदि पार गरेर क्यानरी वार्फ, इ?याक्मेन्ट, पार्लियामेन्ट ,वायर, बकिङ्गम प्यालेस हुँदै फिनिसिङ लाइनसम्म २६.२ माइल दूरि पार गर्नेछन् ।

लण्डन म्याराथन दौडने अवसरका लागि ३ लाख २७ हजार भन्दा बढीले आवेदन दिएका थिए, जुन संख्या अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो जसमा ४५% महिलाहरु थिए भने ५९% म्याराथनमा पहिला नदौडिएकाहरु थिए।

यसअघिका लण्डन म्याराथनका दिन सबैभन्दा उच्च तापक्रम सन् २०१६ मा २१.७ डिग्रि मापन गरिएको थियोे भने यो पटक २२-२४ डिग्रि सम्म पुग्न सक्ने अनुमान् गरिएको छ।

म्याराथन रुटभित्रका केहि ठाँउहरुमा बाटोमाथी पानीका कृत्रिम झरनाहरुको व्यवस्था गरि धावकहरुलाई उच्च तापक्रमबाट पर्नसक्ने प्रतिकुल असर न्यूनीकरण गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी म्याराथनका बेला कुल १२ सय ७३ पोटेवल ट्वाइलेटहरु प्रयोग गरिनेछन् भने म्याराथन सुरु हुने ठाँउमा ४ सय युरिनल बेहरु राखिनेछन। म्याराथनका सहभागी धावकहरुका लागि ६ लाख ५० हजार वटा पानीका बोटलहरु बाडिनेछन् ।

म्याराथनमा उत्पन्न हुन सक्ने इमर्जेन्सीलाई ध्यानमा राख्दै १३ सय एम्बुलेन्स, स्वयम्सेवि र ४ सय ?रेचर तयार राखिनेछन् ।
विगतका वर्षहरुम जस्तै यसपटक पनि केहि नेपालीहरुले समेत लण्डन म्याराथनमा सहभागीता जनाउनेछन् ।

Share Now

Leave a comment.