काठमाडौं,२ असोज । नेपाल एसबीआई मर्चेन्ट बैंकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोखरेललाई नियुक्त गरेको छ ।
उहाँले यस अघि नेपाल-एसबिआई बैंक लि.को वित्त, लेखापरिक्षण र मधेश प्रदेश कार्यालय प्रमुखका ेजिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । बंैकिङ्ग तथा वित्तीय क्षेत्रमा १० बर्ष भन्दा बढीको कार्य अनुभव सँगाल्नु भएका पोखरेल स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल व्यवस्थापक मानिनुु हुन्छ ।
नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं मर्चेण्ट बैंकिङ्गबाट प्रदानगरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्ययोगदान पुग्ने कम्पनीले विश्वास लिएको छ ।
नेपालएसबिआई बैंकको सहायक कम्पनीका रूपमा रहेको यस मर्चेण्टको चुक्ता पूँजी रु २० करोड रहेको छ । मर्चेण्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन,लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।


















