Prakash Adhikari September 24, 2023

काठमाडौँ, ६ असोज । आज सम्पन्न नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशनले चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

चन्द अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का भने क्रिकेटबाट सन्यास लिएपछि संघको कार्यसमितिमा पहिलो पटक एकैचोटी सचिवमा निर्वाचित हुनुभएको हो । प्रशान्त विक्रम मल्ललाई पराजित गर्नुभएको थियो । निर्वाचनमा खड्काले ४८ मत पाउनुभयो भने मल्लले ३७ ।

क्यानको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पदमबहादुर खड्का निर्विरोध हुनुभएको छ । महिला सदस्यमा जयन्ती भट्ट तथा सदस्यमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णाली प्रदेशबाट श्रीधर केसी पनि सर्वसम्मत हुनुभएको छ ।

अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक–एक जना र खुला पाँच सदस्यका लागि निर्वाचन भएको थियो ।

निर्वाचनमा कोशीबाट अर्जुन पौडेल ४७, गण्डकीबाट सुदीप शर्मा ५२, बागमतीबाट दिवाकर घले ४६,र सुदूरपश्चिमबाट बिक्रम विष्ट ४९ मत पाएर निर्वाचित हुनुभयो । मधेशका माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीले बराबर ४२ मत पाएपछि गोलाप्रथा गर्दा माधवकुमार कर्माचार्य चुनिनुभयो ।

Image

Share Now

Leave a comment.