नयाँ दिल्ली(भारत), १० बैशाख । भारतीय क्रिकेटको सर्वाधिक चर्चित खेल मानिएको आइपीएल प्रतियोगितामा विदेशी खेलाडीको रुपमा दिल्ली डियर डेभिल्स टीममा अनुबन्धित भएका नेपाली बलर सन्दीप लामिछानेको बहुप्रतिक्षित डेब्यू अझै जिज्ञासायुक्त बन्न गएको छ ।
लामिछानेलाई लिने दिल्ली डियर डेभिल्सले आफ्नो आधिकारिक वेभसाइटमा उनलाई घरेलु मैदान दिल्लीको फिरोज शाह कोट्ला क्रिकेट मैदानमा हुने खेलमा समाविष्ट गरिने बताए पनि आज हुने खेलको संभावित ११ जनाको सूचीमा उनको नाम समावेश छैन् ।
आज दिल्ली डियर डेभिल्सले किंग्स ११ पञ्जाबका विरुद्ध खेल्दैछ ।
हालसम्म खेलिएका ५ खेलमा दिल्लीले एकमात्र खेल जिेतर अंक तालिकाको पुछारमा आफूलाई उभ्याएको छ । खेल समीक्षकहरुले दिल्लीको बलिड. कमजोर रहेको टिप्पणी गरेता पनि सन्दीप जस्ता महसूर बलरलाई ११ खेलाडीको सूचीमा राख्न दिल्ली अझै अन्कनाइरहेका देखिन्छ ।
यद्यपि आधिकारिक टीमको सूची आउन बाँकी नै छ ।
Delhi Daredevils: 1 Jason Roy, 2 Gautam Gambhir (capt), 3 Shreyas Iyer, 4 Rishabh Pant (wk), 5 Glenn Maxwell, 6 Vijay Shankar, 7 Chris Morris, 8 Rahul Tewatia, 9 Shahbaz Nadeem/Jayant Yadav, 10 Harshal Patel, 11 Trent Boult
Kings XI Punjab: 1 KL Rahul (wk), 2 Chris Gayle, 3 Mayank Agarwal, 4 Karun Nair, 5 Aaron Finch, 6 Yuvraj Singh, 7 R Ashwin, 8 Mujeeb ur Rahman, 9 Andrew Tye, 10 Barinder Sran, 11 Mohit Sharma/Ankit Rajpoot