Prakash Adhikari October 13, 2023

सुन्दरहरैँचा (मोरङ), २६ असोज : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ ।

लेटाङ–६ गुवाबारी निवासी लिम्बूकी आमा हंसनुमा लिम्बूको एक सय एक वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो ।

उहाँको पार्थिव शरीरलाई धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा दाहसंस्कार गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव ललितबहादुर श्रेष्ठले राससलाई बताउनुभयो ।
मन्त्री लिम्बु नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति एवं मोरङ क्षेत्र नं १ का सांसद हुनुहुन्छ ।

Share Now

Leave a comment.