विराटनगर, २६ असोज : कोशी प्रदेशको मुुख्यमन्त्री नियुक्तिका लागि शनिबार बिहान ८ बजेदेखि २ बजेसम्म परिचय खुल्ने प्रमाणसहित उपस्थित हुन प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ ।
कार्कीे ४७ सदस्यसहित प्रदेश प्रमुखको कार्यालयमा
कोशी प्रदेशका मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेसका केदार कार्कीे ४७ सदस्यसहित प्रदेश प्रमुखको कार्यालयमा आज साँझ हस्ताक्षरसहित उपस्थित हुनुभएको छ ।
उहाँसँग नेपाली कांग्रेसको कोशी प्रदेशसभा सदस्य इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूसहित नेकपा एमालेतर्फका ३९ सदस्यको हस्ताक्षरसहित माग दाबी गरेको प्रदेश प्रमुखको कार्यालयबाट जानकारी प्राप्त भएको छ ।


















