Prakash Adhikari October 14, 2023

अहमदावाद(गुजरात,भारत), २७ असोज । आइसीसी विश्वकप क्रिकेट २०२३ मा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदै छ ।

भारतको गुजरात प्रान्तको राजधानी अहमदावादमा भैरहेको खेलमा भारतले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । भारतले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ ।
ईशान किशन बेन्चमा बस्दा शुभमन गिल टोलीमा फर्किएका छन् । पाकिस्तानले भने टोलीमा कुनै पनि परिवर्तन गरेको छैन ।

जारी विश्वकपमा दुबै टोलीले सुरुवाती दुई खेल जितेका छन् । भारतले अष्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो । पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रन र श्रीलंकालाई ६ विकेटले हराएको थियो ।

भारत र पाकिस्तानबीच विश्वकपमा ७ खेल भएका छन् । सबै खेलमा भारत विजयी भएको छ ।

पाकिस्तानको प्लेइङ ११

इमाम उल हक, अब्दुल्लाह शफिक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान(विकेटकिपर) साउद सकिल, इफ्तिखर अहमद, मोहम्मद नवाज, शादब खान, शाहिन शाह अफ्रिदी, हरिस रौफ र हसन अली ।

भारतको प्लेइङ ११

रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, शुभमन गिल, विराट कोहली, श्रेयस ऐर (विकेटकिपर), लोकेश राहुल, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शिराज र कुलदीप यादव ।

 

Share Now

Leave a comment.