Prakash Adhikari October 15, 2023

 

काठमाडौं, २८ असोज । चाडबाडको बेला किनमेलको चटारो परिरहेका बेला ‘बेलाको’ कम्पनीले आम उपभोक्तालाई उपहारै उपहारको योजना ल्याएको छ ।

यस कार्यक्रम अन्तरगत बेलाका कम्पनीका हरेक सामानको खरिदमा हात खाली नजाने उपहारसँगै एकजना भाग्यमानी विजेताले २ सय ५८ लिटरको रेफ्रिजेनेटर प्राप्त गर्ने छन् ।

यस्तै प्रत्येक सामाग्री खरिदमा १० प्रतिशत छुट गरिएको छ भने स्क्र्याच कुपनमा एक हजार रुपैयाँसम्म क्यास ब्याक राखिएको कम्पनीले जनाएको छ । बेलाको सामाग्री उपयोगले घर सजाउने, भान्सा मगमगाउने र चाडबाड रंगीन बनाउने कम्पनीले दाबी गरेको छ ।

प्रदीप खड्का ब्राण्ड एम्बेसडर रहेको बेलाको कम्पनीले रेफ्रिजेनेटर, वासिङ मेसिन, स्मार्ट टेलिभिजन, स्मार्ट एसी, ग्यास स्टोप, राइस कुकर, आइरन, इलेक्ट्रिक कित्ली, हिटर, बहुउपयोगी ब्लान्डर लगायत गृह उपकरण नेपाली बजारमा ल्याएको छ ।

Share Now

Leave a comment.