काठमाडौं, २८ असोज । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीको दोस्रो साधारण सभा यही आश्विन २५ गते कम्पनीको रजिष्र्टड कार्यालय नक्साल काठमाण्डौं, सम्पन्न भएको हो ।
उक्त साधारण सभाले संस्थापक समुहबाट रिक्त संचालक पदमा बिराटनगर–१२,मोरङ्ग निवासी नमिता शर्मालाई बाँकी कार्यकालकालागि नियुक्त गरेको छ ।
साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षकोे वार्षिक प्रतिवेदन, २०७९÷०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व २०८०÷८१ का लागि लेखा परीक्षक नियुक्ती लगायतका प्रस्ताव पारित ग¥र्यो ।
विशेष प्रस्तावतर्फ सर्वसाधारणलाई शेयर निष्काशन, गाभ्ने वा गाभिने ,विदेशी साझेदार वा लगानीकर्ता भित्राउने तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका लागि संचालक समितिलाई अख्तियारी प्रदान ग¥यो । उक्त समारोहमा संस्थामा योगदान पु¥यााउने संस्था, व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान प्रदान समेत गरिएको थियो ।
फेडेरल विश्वकै प्रतिष्ठित United Registrar of Systems (URS), United Kingdom बाट ISO 9001:2015 गुणस्तर प्राप्त गर्ने नेपालको पहिलो र एकमात्र पुनर्बीमा दलाल कम्पनी हो । सो गुणस्तर चिन्हले समेत संस्थाको आन्तरिक प्रणाली, संस्थागत सुशासन, सेवाको गुणस्तर आदि मजवुत रहेको पुष्ठी गर्दछ ।


















