काठमाडौं,३ असोज । गैरआवासीय नेपाली संघ)एनआरएनए)को अध्यक्षमा डा.बद्री केसी विजयी हुनुभएको छ ।
बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।
डा.केसी १ हजार ३सय ७८ मत पाउनुभएको छ । अध्यक्षका प्रत्याशी शर्माले १ हजार २ सय ८१, श्रेष्ठले १ हजार २ सय २५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।
काठमाण्डौंस्थित होटल सोल्टीमा भएको एनआरएनएको ११ औँ विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन भएको हो।
संगठनको उपाध्यमा डा. हेम राज शर्मा (२२६५), रोविन शेरचन (२१८०), रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा.विनोद श्रेष्ठ (१५६०ं) मतसहित निर्वाचित हुनुभएको छ।
यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी हुुनुभयो भने सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत हसिल गर्नुभयो।
यस्तै युवा उपाध्यक्षमा रोशन थापाले २ हजार ४ सय ६८ मत प्राप्त गरेर विजय प्राप्त गर्नुभयो भने सो पद प्रत्यासी अब्दुल बासिदले १ हजार ३ सय २२ मत ।
संघको महासचिवमा गौरीराज जोशीले २ हजार ३७ मत प्राप्त गरेर विजयी हुनुभयो। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १ हजार ८ सय १८ मत प्राप्त गर्नुभयो ।
यस्तै उपमहासचिवमा २ हजार १ सय ५० मतसहित प्रविन गुरुङ र १ हजार ७ सय ९० मत ल्याउने सोम सापकोटा विजयी हुनुभयो ।
६ सचिव पदमा भिम केसी कमल (१ हजार ६ सय ७३), डा. ज्ञानेन्द्र रेग्मी (१ हजार ७ सय ८२), मनोज कुमार श्रेष्ठ (२हजार २४), डा. नवराज रोस्यारा (१ हजार ८ सय ५३), पारसमणी पोखरेल (१ हजार ६ सय ५१) र स्वतन्त्र प्रताप शाह (१ हजार ६ सय ६६) विजयी हुनुभएको छ ।
महिला सचिवमा टिका गुरुङ, राधिका (२ हजार ३ सय २०) विजयी हुनुभयो। सोही पदमा विमला सापकोटाले १ हजार ५ सय ३९ मत प्राप्त गर्नुभयो। संघको कोषाध्यक्षमा सुदन थापाले १ हजार ९ सय १७ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी ठाकुरप्रसाद ढुंगानाले १ हजार ९ सय १२ मत प्राप्त गर्नुभयो।
यस्तै सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना (२ हजार १५), अभिमन्यू बस्नेत (२ हजार ८१ ) र तिलकप्रसाद गैरे (२ हजार २ सय ३२) मत प्राप्त गरेर विजयी हासिल गर्नुभयो। यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २ हजार २ सय ८७ मत प्राप्त गरेर विजयी हुुनुभयो भने उहाँकी प्रतिद्धन्द्धी तृष्णा शर्माले १ हजार ५ सय २२ मत प्राप्त गर्नुभयो।
यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २ हजार ३ सय ३६ मत प्राप्त गरेर विजयी हुनुभयो। सोही पदमा देविका खत्री गुरुङले १ हजार ५ सय २४ मत ल्याउनुभयो। यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २ हजार ३६ मत प्राप्त गरेर विजयी हुनुभयो । सोही पदमा रविन अधिकारीले १ हजार ७ सय ६५ मत प्राप्त गर्नुभयो।


















