Prakash Adhikari October 27, 2023

काठमाडौं, १० कार्तिक । एक साता लामो भ्रमणका लागि प्रधान सेनापति प्रभुराम शर्मा आज (शुक्रबार) जनवादी गणतन्त्र चीन प्रस्थान गर्दै हुनुहुन्छ।

चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा दशौँ बेइजिङ स्याङ्सन फोरममा सहभागी हुन प्रधान सेनापति शर्मा चीन जान लाग्नुभएका हो ।
शर्मा बिहान ११ बजे चीन प्रस्थान गर्ने सैनिक मुख्यालयले जनाएको छ।

यही कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधान सेनापति शर्माको चीन भ्रमण स्वीकृत गरेको थियो। शर्मा कात्तिक १६ गते स्वदेश फर्किने कार्यक्रम छ।

यही कात्तिक १२ गतेदेखि १४ गतेसम्म बेइजिङमा सञ्चालन हुने दशौँ बेइजिङ स्याङ्सन फोरमको उद्घाटन समारोहमा शर्मा सहभागी हुने कार्यक्रम छ।

चीनमा रहँदा शर्माले सैनिक सहायता, सैन्य तालिमलगायत विषयमा छलफल गर्नुहुने छ।

Share Now

Leave a comment.