Prakash Adhikari October 30, 2023

कीर्तिपुर (काठमाडौं),१३ कार्तिक ।आईसीसी टी २० विश्वकप एशिया फाइनल छनोट खेल अन्तरगत आज कीर्तिपुरमा नेपाल र सिंगापुरबीच भएको खेलमा सिंगापुरले नेपाललाई १ सय ४६रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिड. रोजेको सिंगापुरले २० ओभरको निर्धारित खेलमा ९ विकेटको क्षतिमा १ सय ४५ रन जोडेको थियो ।

सिंगापुरको लागि रोहन रंगराजनले ४६, आर्यविर चौधरीले ३७, मनप्रित सिंहले २४, अक्षय पुरीले १३, जनकप्रकाशले ७, एस चन्द्रमोहनले ६ तथा थिलिप थिलप्पन र आर कालिमाथुले एक एक रन जोडेका थिए ।

सिंगापुरलाई रोक्ने क्रममा नेपालका अबिनास बोहोराले ३, सन्दीप लामिछाने, करन के.सी. र गुल्शन झाले २ । २ विकेट लिएका थिए ।

अबिनासले २० ओभरको तेस्रो बल र १८ औं ओभरको दोस्रो तथा चौथो बलमा सिंगापुरको विकेट झारेका हुन् । उनले २० ओभरको तेस्रो बलमा आर्यवीर चौधरीको र १८ औं ओभरको दोस्रो बलमा सिंगापुरका थिलिप थिलाप्पनलाई १ रनमा र चौथो बलमा अनन्त कृष्णनलाई शून्य रनमा आउट गरेका थिए ।

अबिनासको अगाडि करन के।सी।ले दोस्रो विकेट लिएका थिए । करनले १७ औं ओभरको तेस्रो बलमा सिंगापुरका मनप्रित सिंहको विकेट लिएका हुन् । यस पहिले पहिलो ओभरको दोस्रो बलमा नै करनले सिंगापुरका ओपनर अरित्रा दत्तलाई शून्य रनमा आउट गरेका थिए ।

आजको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ११ औं ओभरको दोस्रो बलमा सिंगापुरका जनकप्रकाशलाई ७ रन बनाएको अवस्थामा आउट गरेका थिए ।

यसभन्दा पहिला लेग स्पिनर सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाका थिए।

 

सन्दीपले सिंगापुरका सुरेन्द्र चन्दमोहनलाई सातौ ओभरको पाँचौ बलमा ६रन बनाएको अवस्थामा पवेलियनको बाटो देखाएका हुन्।

सन्दीपले पाँचौ विकेट लिनु अगाडि नेपालका गुल्शनको दोस्रो विकेट लिए संगै नेपाललाई चौथो सफलता मिलेको थियो । उनले सिंगापुरका अमत्र्य कौलको विकेट लिएका थिए । चौथो बलको सामना गरिरहेका कौललाई उनले शून्य रनमा नै आउट गरेका थिए ।

यस पहिले पनि उनले रोहन रंगराजनलाई ४६ बलमा आउट गरेका थिए । आठौं ओभरमा बलिड। गर्न आएका गुल्शनको पहिलो बल वाइड भएको थियो । उनले फालेको दोस्रो बललाई प्रहार गरेका रोहनको बल सन्दीप जोराले क्याच गरेका थिए ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सिंगापुर १८ औं ओभरको अन्त्यमा ८ विकेटको क्षतिमा १३३ रन जोडेको छ।

Share Now

Leave a comment.