काठमाडौं, १४ कार्तिक। नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की जर्मनीको कार्यक्रममा सहभागी हुन जाने हुनुभएको छ ।
जर्मनीको डुसेलडोर्फमा हुने २८ औं टफिसा विश्व कोंग्रस तथा स्पेनको मेड्रिडमा हुने मुभ कोंग्रस र इन्टरनेसनल स्पोर्ट एन्ड कल्चर एसोसिएसन (इस्का) को साधारण सभामा सहभागी हुन कार्की जर्मनी प्रस्थान गर्न लाग्नु भएको हो।
कार्कीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले
सोमबार बिदाइ गर्नु भयो। कार्की मंगलबार जर्मनी प्रस्थान गर्दै हुनुहुन्छ।


















