Prakash Adhikari November 2, 2023

काठमाडौँ, १६ कात्तिक । नेपालको शेयर बजार आज पनि ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १०.८६ अङ्कले ओरालो लागेर १८४७.७० मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलब १९ अङ्कले ओरालो लागेर तीन सय ५७ दशमलब ७६ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

बिहिवार कूल ३७ लाख ४९ हजार ९ सय ५४ कित्ता शेयरको किनबेचबाट ९६ करोड ४४ लाख ७७ हजार ७ सय ११ रुपैयाको कारोबार भएको छ ।

कारोबारका आधारमा आशा लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड १० लाख बराबरको कारोबार भयो । यस्तै, प्राइम बैंक रु ६ करोड ४५ लाख ५२ हजार ५ सय ५१, सोनापुर मिनरल्स रु ४ करोड ४९ लाख ६८ हजार ९ सय ७, सोल्टी होटल रु २ करोड ७९ लाख ८१ ह्जार ७ सय ६४ र हाथवे इन्भेस्टमेन्टको रु २ करोड ६४ लाख ३१ हजार बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भयो ।

यस दिन चन्द्रागिरि हिल्स ६.०४ प्रतिशत, हिमालयन लघुवित्त ५ प्रतिशत, एनआइबिएल प्रगति फण्ड ४।९६ प्रतिशत, सोल्टी होटल ४.७७ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले ४.७२ प्रतिशतले कमाएका छन् ।

यस्तै, सयपत्री हाइड्रो पावर १०, रावा इनर्जी ७.४६, बुद्धभूमि नेपाल हाइड्रोपावर ५.९१, सामलिङ पावर ४.८२ र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ४.७३ प्रतिशतले गुमाएका छन् ।

Share Now

Leave a comment.