Prakash Adhikari November 6, 2023

 

काठमाडौं, २० कार्तिक । कुमारी बैंकले तिहार र छठ पर्व लक्षित क्यास ब्याक योजना सार्वजनिक गरेको छ। बैंकले ५०१ रुपैयाँसम्म क्यास ब्याक दिने योजना ल्याएको हो।

यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङमार्फत क्यूआर र कार्डबाट भुक्तानी गर्दा ५०१ रुपैयाँसम्म क्यास ब्याक दिइने छ।

क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइनबाट गरिने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ।

यो योजना कात्तिक २६ देखि मंसीर ३ गतेसम्मका लागि हो।

Share Now

Leave a comment.