Prakash Adhikari November 7, 2023

खलंंगा(जाजरकोट), २१ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पबाट प्रभावितहरुको जनधनको क्षतिबारे जानकारी लिन मङ्गलबार जाजरकोट आइपुग्नुभएको छ ।

हेलिकोप्टरबाट आउनुभएका राष्ट्रपति पौडेलले जाजरकोट जिल्ला अस्पतालमा पुगी भूकम्पमा परी घाइते भएका बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

उहाँलाई जाजरकोटको सदरमुकाम खलंगामा प्रमुख जिल्ला अधिकारी लगायतले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेल आजै भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम पनि जाने कार्यक्रम छ ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार,राहत वितरण र पुनस्थापना योजनाबारे बुझ्न राष्ट्रपति पौडेल जाजरकोट र रुकुमपश्चिम जानु भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभएको छ ।

भूकम्पपछि मुलुकमा आाइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले यही कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गर्नुभएको छ ।

Share Now

Leave a comment.