Prakash Adhikari November 9, 2023

काठमाडौं, २३ कार्तिक । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तान परिवर्तन गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्मालाई कप्तानको जिम्मेवारी दिइएको जनाएको छ।

नेपाली टोलीको कप्तान यसअघि रुविना क्षत्री थिइन्। इन्दु उपकप्तान थिइन्।  २६ वर्षिया बर्मा घरेलु प्रतियोगितामा विभागीय टोली एपीएफबाट खेल्ने गर्छिन्।

बर्माको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा रुविना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमु विष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुशी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन छन्। बिन्दुलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

नेपालले मंसीर २९ गतेबाट हङकङमा टी २० सिरिज खेल्दैछ। सिरिजमा नेपालले तान्जानिया, हङकङ र जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

उद्घाटन खेलमा नेपाल र तान्जानिया भिड्दै 

हङकङमा आयोजना हुने चार देश सम्मिलत महिला टी २० प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ ।

यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले तान्जानियासँग यही कात्तिक २९ गते खेल्नेछ ।

नेपालले आफ्नो दोस्रो खेल कात्तिक ३० गते हङकङसँग खेल्नेछ भने तेस्रो खेल मंसिर २ गते जापानसँग खेल्नेछ । त्यस्तै तेस्रो स्थान र फाइनल खेल मंसिर ३ गते हुनेछ ।

Share Now

Leave a comment.