विज्ञान कार्की
क्यानडाको ब्राम्प्टनमा रहेको गैरनाफामूलक संस्था नेपाली क्यानेडियन हेल्पिङ ह्यान्ड्स (एनसीएचएच)ले जाजरकोट-रुकुम भूकम्प पीडितहरूलाई १ हजार १ सय १० डलर सहयोग गरेको छ ।
एनसीएचएचका सदस्य रेविका वैद्य, शोभा पिया, प्रतिमा प्रधान श्रेष् सिर्जना डंगोल, सिर्जना श्रेष्ठ र पूजा श्रेष्ठले एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।
दान गरिएको रकम एनआरएनए क्यानाडाको आपत्कालीन सहयोग भूकम्प कोषसँगको सहकार्यमा कर्ली प्रदेश विपद् व्यवस्थापन समितिमा हस्तान्तरण गरिने जानकारि एनआरएनए क्यानाडाले बिज्ञप्ति मार्फ़त दिएको छ।
एनसीएचएचले देउसी-भैलो कार्यक्रम मार्फत सो रकम जुटाएको हो । एनआरएनए क्यानडाले “एनसीएचएच र देउसी भैलो पहलमा दान गर्नेहरूलाई भूकम्पपीडित कोषमा आफ्नो बहुमूल्य योगदानको लागि कृतज्ञता व्यक्त गरेको कुरा एनआरएनए क्यानाडाका उपाध्यक्ष कीरोज श्रेष्ठले कार्यक्रममा जसनकारी दिनुभएको छ ।
२०२० मा स्थापना भएको समाजिक संस्था नेपाली क्यानेडियन हेल्पिङ ह्यान्ड्सले नेपाल र क्यानडाका एक दर्जनभन्दा बढी परोपकारी कार्यक्रमहरूमा सहयोग पुर्याइसकेको छ।


















