Prakash Adhikari April 30, 2018

 

मुम्बई(महाराष्ट्, भारत) १७ बैशाख । नेपाली नायिका मनिषा कोइराला भारतको प्रतिष्ठित पुरस्कार दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित भएकी छन् ।

भारतीय समाचार संस्था एएनआईले जनाए अनुसार मनिषा कोइरालालाई’ मोष्ट भर्सेटाइल एक्ट््रेस’को सम्मान दिइएको छ । नेपाली मूलका आदित्य नारायण झालाई  उत्कृष्ट टेलिभिजन उद्घोषक  पुरस्कार दिइएको छ । आदित्य नेपाली गायक उदितनारायण झाका सुपुत्र हुन् ।

कलाकार राकेश रोषनलाई अभिनेता, निर्माता र निर्देशकको रुपमा चलचित्र उद्योगलाई पुर्याएको योगदानको लागि लाईफटाइम एचिभमेण्ट अवार्ड दिइएको छ ।

कलाकारहरु भूमि पेडनाकरअक्षय कुमारले उत्कृष्ट नायिका र नायकको पुरस्कार जितेका छन ।अक्षय कुमारलाई प्याड म्यानमा(निर्णायक) र ट्वाइलेट एक प्रेम कथामा उत्कृष्ट नायकको पुरस्कार दिइएको हो भने भूमि पेडनाकरलाई ट्वाइलेट एक प्रेम कथामा उत्कृष्ट नायिका पुरस्कार दिइएको छ ।

प्रख्यात कलाकार फरिदा जलाललाई लाईफ टाइम सरास्वती दादासाहेब फाल्के उत्कृष्ट नायिका पुरस्कारबाट सम्मानित गरिएको छ ।
अन्य विजेताहरुमा
सनम कपूर :         बेष्ट एक्ट््रेस इन लिडिड. रोल (पदम)
राजेश शर्मा :         बेष्ट एक्टर इन क्यारेक्टर रोल
नीतिमोहन :         उत्कृष्ट गायिका
आदित्य नारायण झाः उत्कृष्ट टेलिभिजन उद्घोषक
मनिष पौल :          उत्कृष्ट टी.भी. मनोरञ्जक
भूमि त्रिवेदी ;        उत्कृष्ट पाश्र्व गायक(निर्णायक)
सिद्धार्थ कन्नान :  उत्कृष्ट कार्यक्रम उद्घोषक
सन्दीप मारवाहः   उत्कृष्ट निर्माता(लघु चलचित्र)
लभ रञ्जनः         सर्वाधिक मनोरञ्जक चलचित्र)सोनु कि टिटु कि स्वीटी)

Share Now

Leave a comment.