काठमाडौं । कुमारी बैंक लिमिटेडको भगिनी संस्थाको रुपमा स्थापित भएको केबिएल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारिक रुपमा धितोपत्र कारोवार शुभारम्भ गरेको छ ।
मंगलबार राजधानीमा आयोजित एक बिशेष कार्यक्रममा कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराले कम्पनीको कार्यालयको समुद्घाटन तथा कारोवार शुभारम्भको गर्नुभएको थियो ।
उक्त कार्यक्रममा केबिएल सेक्यूरिटिज लिमिटेड, कुमारी बंैक लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेड सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।
कारोबार शुभारम्भको अवसरमा कम्पनीक प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न के।बि।एल सेक्यूरिटिज सदैव प्रयासरत रहने बताउनुभएको थियो ।
केबिएल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सिमित कारोवार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।



















