काठमाडौं, ४ पौष। सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
संसदको सुनुवाई समितिले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो ।
सुनुवाइ समितिका सदस्य लिलानाथ श्रेष्ठले न्यायाधिशमा सिफारिस सबै ६ जनाको नाम अनुमोदन भएको जानकारी दिनुभएको छ।
सुनुवाई समितिबाट अनुमोदित सबैले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा पदबहाल गरेर कामकाज सुरु गर्नुहुने छ ।


















