Prakash Adhikari December 23, 2023

काठमाडौं, ६ पौष । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तिलकराज पाण्डेय नियुक्त हुनुभएको छ ।

शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले पाण्डेयलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो।

प्रमुख कार्यकारी अधिकृतको दौडमा पाण्डेयसँगै अशोककुमार पौडेल, ध्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्ट हुनुहुन्थ्यो ।

प्रतिस्पर्धिको व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्तापछि पाण्डेयलाई नियुक्त गरिएको हो।

खुला प्रतिस्पर्धाबाट सीइओ छनोटका लागि बैंकले असोज २१ गते दरखास्त आह्वान गरेको थियो।

Share Now