Prakash Adhikari December 23, 2023

काठमाडौँ, ७ पुस : आज नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन काठमाडौंमा शुरु हुने भएको छ ।  बागमती प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

कांग्रेस बागमती प्रदेश समितिले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सम्मेलनका लागि बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी दिनुभयो ।

सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति, नगरपालिका÷गाउँपालिकामा निर्वाचित प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी हुने सभापति बानियाले बताउनुभयो ।

Share Now