Prakash Adhikari December 31, 2023

 

काठमाडौं, १५ पौष ।नेपाली सेनाका दुई सहायक रथीलाई नेपाल सरकारले उपरथीमा बढुवा गरेको छ।

बढुवा समितिको सिफारिसअनुसार सहायक रथी चोकबहादुर ढकाल र पवन घिमिरे उपरथीमा बढुवा हुनुभएको हो।

दुईजना उपरथीको रथीमा पदोन्नति भएपछि रिक्त पदमा उहाँहरूलाई बढुवा गर्ने निर्णय शुक्रबारको मन्त्रिपरिषद्ले गरेको हो।

यसअघि उपरथी अशोकराज सिग्देल र निर्मलकुमार थापा रथीमा बढुवा भैसक्नुभएकको छ।

उपरथी ताराध्वज पाण्डेले भने रथीमा सिफारिस भइसकेको अवस्थामा उमेर विवादका कारण राजीनामा दिएर बाहिरिनुभएको थियो।

उहाँको राजीनामापछि रिक्त पदसहित तीनजना उपरथीको दरबन्दी रिक्त भएको हो।

अर्को रिक्त दरबन्दीमा बढुवा गर्नका लागि सहायक रथी सुनील श्रेष्ठलाई सिफारिस गर्दै ७ दिने सूचना जारी भएको छ।

सात दिनपछि उनलाई बढुवा गर्ने सिफारिस अगाडी बढ्नेछ।

Share Now