े
कोपनहेगन(डेनमार्क), १६ पौष(बीबीसी) । डेन्मार्ककी महारानी मार्ग्रेटा द्वितीयाले अप्रत्याशित रूपमा राजगद्दी परित्याग गर्ने घोषणा गर्नुभएको छ।
नयाँ वर्षको शुभकामना सन्देश दिन टेलिभिजनमार्फत् सम्बोधन गर्ने क्रममा उहाँले आफू देशको शासनबाट हट्ने बताउनुभएको हो।
उहाँ ज्यानुअरी १४ को दिन राजगद्दीबाट हट्नुहुने छ । त्यो दिन उहाँले राज्यारोहण गरेको ५२औँ वर्ष पुग्छ।
“म राजगद्दी मेरा छोरा राजकुमार फ्रेडरिकलाई सुम्पिँदै छु,” उहँले आफ्नो घोषणामा भन्नुभयो।
महारानी मार्ग्रेटा ८३ वर्षकी हुनुभयो। अहिले विश्वमा राजगद्दीमा भएकी उनी एकमात्र महिला हुनुहुन्छ भने राजतन्त्र भएका युरोपेली देशमा लामो समयदेखि सत्तासीन व्यक्ति पनि।
आफ्ना बुबा फ्रेडेरिक नवमको मृत्यु भएपछि सन् १९७२ मा उहाँको राज्यारोहर्ण ुभएको थियो।
कारण
उहाँले सन् २०२३ को सुरुतिर ढाडको शल्यक्रिया गरेपछि केही समय सोचेको र राजगद्दी परित्याग गर्ने निर्णय गरेको बताउनुभयो।
“शल्यक्रियाले स्वभाविक रूपमा भविष्यबारे सोच्न दियो ( अर्को पुस्तालाई उत्तरदायित्व हस्तान्तरण गर्नुपर्ने समय त आइपुगेको हैन,” उहाँले भन्नुभयो।
ूमैले यो नै उपयुक्त समय भएको ठानेर निर्णय लिएकी छु,ू उहाँले डेन्मार्कका जनतालाई धन्यवाद दिँदै भन्नुभयो।
प्रधानमन्त्री मेड फ्रेडरिक्सनले उहाँको सेवाका लागि महारानीलाई धन्यवाद दिनुभएको थियो ।
प्रधानमन्त्रीले एउटा वक्तव्यमा महारानीले आजीवन गरेको समर्पण र राज्यका लागि गरेका अथक प्रयासका लागि कृतज्ञता ज्ञापन गर्नुभएको छ।
“एक हजार वर्षभन्दा बढी समयदेखि राजप्रतिनिधि ृराजा वा रानीे को कर्तव्य र पद हस्तान्तरण हुँदै आएको भए पनि राजगद्दी हस्तान्तरणको समय आएको थाहा पाउन सहज छैन,” प्रधानमन्त्रीको वक्तव्यमा भनिएको छ।
ूहामीमध्ये धेरैले अर्का राजा वा रानी चिनेका छैनौँ। महारानी मार्ग्रेटा डेन्मार्ककी प्रतीक हुन् अनि वर्षौँदेखि उनले हामी जनता र राज्यका रूपमा को हौँ भन्ने चिनाउन शब्द र अनुभूति दिँदै आउनुभएको छ।ू
्रराज्यारोहणको औपचारिक समारोह नहुने
््
ब्रिटिश वा अरू राजपरम्परामा जस्तो डेन्मार्कमा राज्यारोहणको औपचारिक समारोह हुँदैन।
कोपन्हेगनस्थित अमेलिअन्बोर राजदरबारले उक्त दिन नयाँ शासकले राज्यारोहण गरेको घोषणा मात्र गर्छ।
महारानी मार्गरेटाका उत्तराधिकारी उहाँका छोरा फ्रेडरिक हुनुहुन्छ।
फ्रेडरिक डेन्मार्कका राजा तथा ग्रीनल्यान्ड र फेअरो आइलन्ड्सका राष्ट्रप्रमुख बन्नुहुने छ।
डेन्मार्कमा संवैधानिक राजतन्त्र छ।
्रनयाँ राजा हुन लागेका फ्रेडरिकबारे के थाहा छ
युवराज फ्रेडरिक अहिले ५५ वर्षका हुनुभयो।
उहाँले डेन्मार्कको अर्हूस विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ। सन् १९९० को दशकको पूर्वार्धसम्म उहाँको छवि मोजमस्तीमा रमाउने व्यक्तिको थियो। तर विश्वविद्यालयको पढाइ पूरा गरेपछि उहाँप्रति हेर्ने दृष्टिकोण फेरिन थाल्यो।
उहाँ डेन्मार्कको राजपरिवारमा विश्वविद्यालयबाट दीक्षित हुने पहिलो सदस्य हुनुहुन्छ।
उहाँले संयुक्त राज्य अमेरिकास्थित विश्वप्रसिद्ध हार्भड विश्वविद्यालयमा पनि अध्ययन गर्नुभएको थियो। त्यसका लागि उहाँले छद्मनाम फ्रेडरिक हेन्रीक्सन प्रयोग गर्नुभएको थियो।
्रयुवराज फ्रेडरिक र युवराज्ञी मेरी गत मे महिनामा राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुनुभएको थियो ।
उहाँले डेन्मार्कको जलसेनामा पनि काम गर्नुभएको छ। जलसेनामा हुँदा उहाँलाई ूपिङ्गोू उपनामले चिनिन्थ्यो।
स्क्यूबा डाइभिङको तालिम लिँदा उनको पोसाकमा पानी भरिएकाले पेन्ग्विनले जसरी पौडिनुपरेकाले उहाँले त्यो उपनाम कमाएको डेलीमेलले जनाएको छ।
म आफूलाई ुकिल्लामा बन्द गर्न चाहन्नँु
युवराज फ्रेडरिकले ग्रीनल्यान्डमा स्कीबाट चार महिनाको यात्रा गर्नुभएको छ। हिउँ भएको ठाउँमा यात्रा गर्दार र स्कूटर दुर्घटनामा परेर उहाँ अस्पताल पनि भर्ना हुनुपरेको थियो।
ूम आफूलाई किल्लामा बन्द गर्न चाहन्नँ। म आफू हुनु चाहन्छु, मानव हुन चाहन्छु,ू उहाँले एक पटक भन्नुभएको थियो।
बेलायतका राजा चार्ल्स तृतीयजस्तै फ्रेडरिक पनि पर्यावरणप्रतिको आफ्नो रुचिका कारण परिचित हुनुहुन्छ। उहाँले भविष्यमा डेन्मार्कलाई ूराम्रो नेतृत्व दिनेू गर्ने वाचा गर्नुभएको छ।
युवराज फ्रेडरिकले सन् २००० मा ग्रीनल्यान्डमा ३,५०० किमि यात्रा गर्नुभएको थियो ।
उहाँकी पत्नी मेरी अस्ट्रेलियाको ट्यास्मेनिआ टापुमा हुर्कनुभएको हो। उनीहरूको पहिलो भेट सन् २००० मा ओलम्पिक प्रतियोगिताका क्रममा सिड्नीमा भएको थियो।
पहिलो पटक बारमा भेट्दा उनी डेन्मार्कको राजकुमार भएको कुरा आफूले थाहा नपाएको र पछि अरू कसैले सुनाइदिएको मेरीले यसअघि एउटा अन्तर्वार्ताका क्रममा भन्नुभएको थियो।
फ्रेडरिकसँग विवाहअघि मेरी वकिलका रूपमा काम गर्नुहुन्थ्यो।
उनीहरूका चार सन्तान छन्। उक्त दम्पतीले आफ्ना सन्तानलाई राज्यले सञ्चालन गरेका विद्यालयमा पढाएर यथासम्भव सामान्य रूपमा हुर्काउने प्रयास गरिरहेका छन्।
मार्ग्रेटा महारानी बन्ने ठानिएको थिएन
महारानी मार्ग्रेटा डेन्मार्कमा निकै लोकप्रिय हुनुहुन्छ। धेरैले उहाँ आजीवन राजगद्दीमा बस्ने अपेक्षा गरेका थिए।
ूतपाईँका लागि महारानी एलिजाबेथ जे थिइन् उनी हाम्रा लागि त्यस्तै हुन्,ू डेनिश पत्रकार टिन गोट्शेले बीबीसीसँग भन्नुभयो।
मार्ग्रेटा सन् २०२२ मा एलिजाबेथको अन्तिम संस्कारमा सहभागी हुनुभएको थियो।
एलिजाबेथले ब्रिटेनमा ७० वर्ष शासन गर्नुभयो।
मार्ग्रेटाको जन्म हुँदा उहाँ राजगद्दीमा बस्ने सम्भावना देखिएको थिएन।
तर उहाँ १३ वर्षकी हुँदा डेन्मार्कको कानुनमा संशोधन भयो र महिलालाई पनि राजगद्दीमा बस्ने बाटो खुल्यो।
एक दशकअघि मार्ग्रेटाले आफूले ब्रिटिश महारानीबाट प्रेरणा लिएको बताउनुभएको थियो।
महारानी एलिजाबेथको निधनअघि यी दुई जना मात्रै राजगद्दीमा रहने महिला हुनुहुन्थ्यो।
्रधूमपानको लत र मोबाइल फोन अस्वीकार
महारानी मार्ग्रेटा डेन्मार्कको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने व्यक्ति हुनुहुन्छ।
सन् २०२३ को आरम्भमा डेन्मार्क र नर्वेका राजा क्रिस्चियन चतुर्थलाई पछि पारेर उहाँ डेन्मार्कको इतिहासमा सबैभन्दा लामो समय सेवा गर्ने शासक बन्नुभयो।
मायालु स्वभावकी महारानी मार्ग्रेटाको धूमपान गर्ने बानी छ। उहाँ मोबाइल फोन र इन्टरनेट प्रयोग नगर्ने स्वभावका कारण पनि परिचित हुनुहुन्छ। उहाँले यी दुवै कुराबिनै आफू औधी खुसी रहेको बताउने गर्नुभएको छ।
राजगद्दीमा बस्दा पनि महारानी मार्ग्रेटाले एक कलाकारको रूपमा काम गरिरहनु भयो। कलाप्रतिको प्रेमका लागि पनि उहाँलाई धेरैले सम्मान गर्ने गरेका थिए।
पुरातत्त्वमा पनि उहाँको रुचि छ र धेरै उत्खननका कार्यमा उहाँले भाग लिनुभएको छ।
उहाँले यूकेको केम्ब्रिजको गिर्टन कलेज र लन्डन स्कूल अफ इकोनमिक्समा अध्ययन गर्नुभएको थियो।
सन् १९६७ मा उहाँले फ्रान्सेली कूटनीतिज्ञ हेन्री डे लेबोर्डे डे मोन्पेजातसँग विवाह गर्नुभएको थियो। उहाँको सन् २०१८ मा मृत्यु भयो।
प्रत्येक वर्ष इस्वी संवत्को नयाँ वर्षको पूर्वसन्ध्यामा महारानीले टेलिभिजनमार्फत् सम्बोधन गर्ने प्रचलन छ।
यस वर्ष नियमित सम्बोधनसँगै उहाँले मध्यपूर्व र युक्रेनमा भएका युद्धका साथै जलवायु परिवर्तनलाई सम्बोधन गर्नुपर्ने आवश्यकताबारे चर्चा गर्नुभयो। अनि अन्ततः आफूले राजगद्दी त्याग्न लागेको घोषणा पनि।
युरोपका अन्य देशहरूमा जस्तै डेन्मार्कले पनि राजपरिवारको सुविधा पाउने परिवारका सदस्यहरूको सङ्ख्या घटाएको छ।
यो निर्णयले गत वर्ष राजकुमार फ्रेडरिकका कान्छा भाइको शाही उपाधि खोसिएपछि गत वर्ष राजपरिवारमा बेमेल देखा परेको विवरणहरू आएका थिए।


















