काठमाडौं, १७ पौष । इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान)ले सरकारसंग निरन्तर सेवा प्रवाहको लागि विदेशी मुद्रा सटहीको सुविधा सुचारु गर्न आग्रह गरेको छ ।
इन्टरनेट सेवाप्रदायकले सरकारलाई तिनुपर्ने बक्यौता भुक्तानी नगरेपछि सञ्चार मन्त्रालयले व्यान्डबीथ आयात भुक्तानीको लागि आवश्यक विदेशी मुद्रा सटही सुविधामा रोक लगाएको थियो ।
सरकारले मुद्रा सटही सिफारिस रोकेपछि भारतीय कम्पनीहरुलाई व्यान्डबीथ आयातको भुत्तानी दिन पाएका छैनन् । उक्त भुक्तानी दिन नपाएपछि नेपालमा व्यान्डबीथ आयात रोक्ने चेतावनी दिदै आएको छ ।
आइस्पानले प्राधिकरणलाई तत्काल विदेशी मुद्रा सिफारिस यथासिघ्र उपलब्ध गराउनपनि आग्रह गरेको छ ।
आइस्पानका अनुसार अपस्ट्रिम प्रदायकहरुले लामो समयदेखि ब्याण्डविथको रकम भुक्तानी नगरेकोले २०२३ डिसेम्बर ३१ तारिखसम्म रकम भुक्तानीको समय दिएको थियो ।
तर, सरकारले बक्यौता नबुझाएसम्म मुद्रा सटही सिफारिस नदिने अडान राख्दै आएको छ ।
सरकारले विदेशी मुद्रा सटही सफिरिस नदिए इन्टरनेट बन्द हुन सक्ने चेतावनी इन्टरनेट सेवा प्रदायकहरुले दिदै आएका छन ।
नियामक दूरसञ्चार प्राधिकरण र सञ्चारमन्त्रीले इन्टरनेट सेवाप्रदायकहरुको २ अर्ब २५ करोड बढी बक्यौता किस्ताबन्दीमा तिर्न सक्ने पत्र पठाएका थिए । तर, आइस्पानले सपोर्ट एण्ड मेन्टेनेन्समा कुनै प्रकारको बक्यौता नभएको जनाउदै सरकारलाई जवाफ पठाएको हो ।
‘मर्मत सम्भार दूरसञ्चार नियमावली २०५४ अनुसार दूरसंचार सेवामा सूचीकृत नभएको तथा कुनै पनि अनुसूचीमा सूचीकृत तथा उल्लेख नभएकोले गर्दा यो गैरदूरसंचार सेवा हो तसर्थ यसमा टिएससी, आरटिडिएफ, रोयल्टी नलाग्ने व्यवस्था कानुनमा सम्मत स्पष्ट छ तसर्थ, सपोर्ट एन्ड मेन्टिनेन्समा कुनै प्रकारको बक्यौता नभएको हुनाले यसमा किस्ताबन्दीमा तिर्ने व्यहोरा कानून सम्मत नभएको कुरा अवगत गराउँदछौं,’ आईस्पानले पठाएका पत्रमा भनिएको छ।
आईस्पानले दूरसञ्चार प्राधिकरणलाई एक पत्र पठाउदै बक्यौता नै रहेकोले किस्ताबन्दी दिने बिषय तर्कसम्मत र कानुन सम्मत नभएको जनाएको छ ।


















