Prakash Adhikari January 8, 2024

 

काठमाडौँ, २३ पौष। अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतीय लगानी कर्तालाई नेपालका चार क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

काठमाडौंमा आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले चार क्षेत्र लगानी गर्न आग्रह गर्नुभएको हो ।

अर्थमन्त्री डा. महतले जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका उत्कृष्ट गन्तव्य हुन सक्ने बताउनुभयो । यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने भएपनि यी क्षेत्रमा मात्रै लगानी गर्न प्रोत्साहन नगर्ने बताउनुभयो । ‘यी चार क्षेत्र लगानीका मुख्य आकर्षण रहेको छ,’ डा.महतले भन्नुभयो, ‘यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत क्षेत्रमा पनि लगानी गर्न सकिन्छ ।’

नेपालको ६८ प्रतिशत जमिन उच्च पहाडी क्षेत्र अन्तर्गत पर्छ भने १७ प्रतिशत क्षेत्रफल समथर भूभाग छ । बाँकी १५ प्रतिशत क्षेत्र हिमाली क्षेत्रमा पर्दछ ।

नेपाल दक्षिण एसियाकै उत्कृष्ट लगानी गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा व्यवसायीक वातावरण थप अनुकूल बन्ने उहाँले बताउनुभयो ।

अर्थमन्त्री डा. महतले नेपाल–भारत व्यवसायीक समिटमा सहभागी सबै भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

आगामी वैशाखमा लगानी सम्मेलनको आयोजना गर्न लागेको स्मरण गराउँदै अर्थमन्त्री डा. महतले त्योअघि लगानीसम्बन्धी सम्पूर्ण कानुन, नीति तथा नियम सुधार गर्ने समेत उल्लेख गर्नुभयो ।

 

Share Now