Prakash Adhikari January 9, 2024

 

काठमाडौंं, २४ पौष। शेयर बजार पुनः उकालो यात्रा लागेको छ । मंगलबार नेपालको शेयर बजार २०.६२ अंकले उकालो लागेर २०८०.१२ बिन्दुमा उक्लिएको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ५.६४ अंकले उकालो लागेर ३८२.९२ बिन्दुमा उक्लिएको छ ।

धितोपत्र बजारमा आज ३ सय ९ वटा कम्पनीहरुको १ लाख ४ हजार ६ सय १९ पटक सेयर किनबेच भएको छ ।
आज १ करोड ७९ लाख ४९ हजार ५ सय ६२ कित्ता शेयरको किनबेचबाट ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८ सय ६६ रुपैंयाँको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत, उत्पादनमूलक र सामूहिक लगानी कोष उपसमूहको सुचक ओरालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, होटल तथा पर्यटन, अन्य र टे«डिङ उपसमूहहरुको सुचक उकालो लागेका छन् ।

Share Now