काठमाडौं, ३ माघ । लोअर इर्खुवा हाईड्रोपावर लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको शेयरको प्रत्याभूति ज्योति क्यापिलट लिमिटेडले लिएको छ ।
इर्खुवा हाइड्रोपावरले निकट भविष्यमा नै २८ लाख ५ हजार ७ सय ५० कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य रु. १००÷– का दरले कुल ने.रु. २८ करोड ५ लाख ७५ हजारको शेयर निकाल्न लागेको छ । ज्योति क्यापिटलले त्यसैको प्रत्याभुति दिएको हो ।
सार्वजनिक निष्काशन हुन लागेको शेयरको प्रत्याभूति दिने सम्बन्धमा मंगलबार ज्योति क्यापिटल र इर्खुवा हाइड्रोपावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडौंमा आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडको तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।