Prakash Adhikari May 6, 2018

काठमाडौं, वैशाख २३ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको  साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । आइतबार बिहान विक्री प्रवन्धक एनएमबी क्यापिटल कार्यलयमा बाँडफाँड भएको थियो ।

गोलाप्रथा द्धारा बाँडफाँड गरिदा १० कित्ताका दरले १२ जना बराबर १ जनालाई शेयर परेको छ ।

कुल १ लाख ७१ हजार कित्ता माग भएकोमा कम्पनीका कर्मचारीलाई २ प्रतिशत र म्युचुअल फण्डमा ५ प्रतिशत शेयर छुटाएर बाकी रहेको शेयर एक लाख ६७ हजार ४ सय कित्ता सर्वसाधारण छुटाएको थियो ।

मागभन्दा ८२ गुणा बढी आवेदन गरेको हुँदा गोलाप्रथा गरिएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

Share Now

Leave a comment.