काठमाडौं, २३ बैशाख । सरकारले शान्ति सुरक्षाको महत्वपूर्ण अंग मानिएको नेपाल प्रहरीका ७९ जना एसपीहरुको सरुवा गरेको छ।
जेठ महिनादेखिको तलब भत्ता हाल सरुवा भएको ठाउँबाट खानेगरी एसपीहरुको सरुवा भएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार पर्सामा रेवती ढकाल, काभ्रेमा चन्द्रकुबेर खापुङ, चितवनमा सुशील राठौर, भक्तपुरमा हिमालय श्रेष्ठ, काभ्रेमा रविराज खड्का, तनहुमा सिद्दीबिक्रम शाह, कास्कीमा ओम राना र बारामा मिरा चौधरीको सरुवा भएको छ।
कैलालीका एसपी अर्जुन चन्द ठकुरी केन्द्रीय कार्यालयमा सरुवा भएका छन्। कास्कीका एसपी अशोक सिंहलाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गरिएको छ। अख्तियारका एसपी उमाप्रसाद चतुरदेवीलाई सुर्खेत पठाइएको छ।
सरुवाको पूर्ण विवरणको लागि तलको लिंकमा क्लिक गर्नुहोस्:
https://drive.google.com/open?id=1uJuyQBp_KGLHlpc7rlSLf-UZupfetKRg


















