Prakash Adhikari January 25, 2024

ललितपुर, ११ माघ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरमा थप दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले ललितपुरं महानगरपालिका वडा नं. १५ मा सातदोबाटो र ललितपुर महानगरपालिका वडा नं. २५ मा भैंसेपाटी नयाँ शाखाहरु संचालनमा ल्याएको हो ।

नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।

भिन्दाभिन्दै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु दिने बताउनुभयो ।

बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमूल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएकोे थियो ।

बैंकले हाल देशभरिमा २ सय ६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, १ सय १३ वटा शाखारहित बैंकिङ र २ सय ५७ वटा एटीएम बुथमार्फत आफ्ना ग्राहकहरुलाई भरपर्दो सेवा प्रदान गरिरहेको छ ।

Share Now