Prakash Adhikari January 29, 2024

काठमाडौं, १५ माघ । लक्ष्मी सनराइज बैंकले माथिल्लो सेती जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।

आयोजनामा लगानी गर्ने सम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रो प्रालिबीच हस्ताक्षर भएको छ ।

सेती हाइड्रोले कास्की जिल्लास्थित सेती नदीमा २० मेगावाट क्षमताको माथिल्लो सेती खोला जलविद्युत आयोजना निमार्ण गर्ने आयोजनामा लगानी गर्ने सम्झौता भएको हो ।

सो आयोजनाको कूल लागत ४ अर्ब २ करोड रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

अपर सेती हाइड्रोले विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवद्र्धकको रुपमा व्यापारिक घराना केसी ग्रुप रहेको छ ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धकरसंस्थापकहरुको लगानी रहने छ ।

लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ३ अर्ब २ करोड रुपैयाँ अर्ब रहेको छ जसले दिगो विकासलाई बढावा दिने बैंकको योजनालाई अझ सार्थक बनाउने बैंकले जनाएको छ ।

२० मेगावाट क्षमताको सो आयोजना निमार्ण पश्चात वार्षिक करिव ११३.५१ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै बैंकको विद्यमान १४०० मेगावाट भन्दा बढीको पोर्टफोलियोमा अझ सुदृढ हुँदै लक्ष्मी सनराइज बैंकको हरित ऊर्जा प्रवद्र्धनप्रति निरन्तर प्रतिबद्धतालाई जोड दिनेछ ।

Share Now