Prakash Adhikari January 29, 2024

 

पोखरा(कास्की), १५ माघ । पोखरा विस्वविद्यालयमा आउने फागुन २ गते सरस्वती पूजाको दिन साँस्कृति मेला २०८० आयोजना गरिने भएको छ ।

विगतमा झै तराई विद्यार्थी सेवा समाजको आयोजनामा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा सो कार्यक्रम आयोजना गरिने कार्यक्रमका संयोजक अभिषेक झाले जानकारी दिनुभएको छ ।

कार्यक्रममा तराई र पहाडका सांस्कृतिक कलाहरु झलकाउने कार्यक्रमहरु प्रस्तुत गरिने कार्यक्रमका म्यानेजर कुलदीप सिंहले जानकारी दिनुभएको छ।

कार्यक्रमका डायरेक्टर शिव कुमार मंडलले पोखरा विश्वविद्यालयको तराई विद्यार्थी सेवा समाजले आयोजना गर्ने दोस्रो संस्करणको संस्कृति मेलालार्इ भव्यताका साथ सम्पन्न गर्न सबैले साथ दिनुहुने विश्वास व्यक्त गर्नुभएको छ ।

उक्त दिन विश्वविद्यालय परिसरमा साँस्कृतिक कार्यक्रमको साथमा विभिन्न प्रकारका खानाका स्टलहरु, फेशन सो र मोडलिड., कला, साहित्य र शिल्प सम्बन्धि स्टलहरु रहने आयोजकले जानकारी दिएका छन् ।

यस कार्यक्रमको मुख्य प्रायोजक रूपमा एजु हब रहेको छ ।

Share Now