काठमाडौँ, १७ माघ : आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ । जितका लागि एक सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले २६औँ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्याे ।
बङ्गलादेशका लागि अरिफुल इस्लाम र जिसान आलमले अर्धशतक प्रहार गरे । अरिफुलले ३८ बलमा अविजित ५९ रन जोडे । उनले ७ चौका र २ छक्का प्रहार गरे । जिसानले ४३ बलमा ६ चौका र २ छक्कासहित ५५ रन बनाए । उस्हिकुर शिब्लीले १६, चोद्हुर रिजवानले १५ र अहर्र अमिनले १० रन बनाए । नेपालका लागि स्पिनर सुभास भण्डारीले ५ विकेट लिए ।
यसअघि दक्षिण अप्रिकाको माङ्काउग ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६९ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाएका थिए । उनले एक सय बलमा ६ चौको मद्दतले सर्वाधिक ४८ रनको योगदान गरेका थिए । यसैगरी कप्तान देव खनालले ३५, सुवास भण्डारीले अविजित १८ र अर्जुन कुमालले १४ रन बनाए ।
बङ्गलादेशका लागि रहमत ब्रोसनले चार विकेट लिए बने शेख परवेज जीवनले तीन विकेट झारे । क्वाल इमोन र मारुफ मृदले समान एक÷एक विकेट लिए । अब नेपालले शुक्रबार भारतसँग खेल्नेछ ।
राजु सिलवाल काठमाडौँ, १९ असोज (रासस): जापानको नागोयामा आयोजित बीसौँ एसियाली खेलकुद एसियाडमा नेपालले हासिल गरेको परिणाम र नेपालका खेल अधिकारीहरुले गरेको अपेक्षामा ठूलो ठेस लागेको छ । राष्ट्रिय खेलकुद […]
काठमाडौँ, २०असोज:नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । […]
काठमाडौँ, २१ असोजः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]