काठमाडौँ, १८ माघ । कृषि विकास बैकले आफ्नो ५७ औँ वार्षिकोत्सवको अवसर पारेर ओभरड्राफ्ट क्रेडिट कार्ड आफ्ना ग्राहकमाझ ल्याएको छ ।
बैंकको ५७ औँ वार्षिकोत्सवका दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको उक्त सेवाको शुभारम्भ गनुभएको थियो।
उक्त सेवा प्राप्त गरेपछि डेबिट कार्ड र क्रेडिट कार्ड बोक्नु पर्ने झन्झटबाट मुक्त हुने बैंकले जनाएको छ ।
कृषि विकास बैंकमा भएको तलबी खातामा रकम मौज्दात सकिएपछि २ लाखसम्म ओभरड्राफ्ट सुविधा प्राप्त गर्नुका साथै यस कार्डको प्रयोग पश्चात् एउटै खाताबाट बचतमा व्याज पाइने, कर्जाको सावाँ र व्याज तिर्न पाइने भएको छ ।
एउटा कार्डको शुल्कले दुई वटा कार्ड (डेबिट र क्रेडिट) को सेवा लिन पाइने, खातामा रहेको मौज्दातमा उच्चतम व्याज पाइने, ओभरड्राफ्टका अतिरिक्त मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड लगायत ओभरड्राफ्ट लिमिटको रकम उपयोग गर्न सकिने यस सेवाका विशेषता रहेको छ ।
बैंकले जारी गरेको यो सेवा नवीन रहेको र यस सेवाको उपभोग गरेर लाभ लिन बैंकले ग्राहकहरूलाई अनुरोध पनि गरेको छ ।
यही माघ १२ गते स्थापनाको ५४ बर्षमा प्रवेश गरेको कृषि विकास बैंक देशव्यापी विस्तृत शाखा सञ्जाल भएको देशको अग्रणी बाणिज्य बैंक हो । बैंकले देशका ७ वटै प्रदेशका ७७ वटै जिल्लामा स्थापना भएका २ सय ७८ कार्यालय र एटीएम बुथबाट आफ्ना ग्राहकहरुलाई भरपर्दो,अत्याधुनिक प्रविधिमा आधारित सेवा प्रदान गर्दै आएको छ । बैंकले १२ लाख भन्दाबढी ग्राहकहरुलाई सेवा दिएको जनाएको छ । बैंकले कृषि,उद्योग,ब्यापार र सेवा क्षेत्रमा लगानी गर्दै आएको छ ।


















