काठमाडौं, १९ माघ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र पूर्व सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बयानका लागि बोलाइएको बताएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘टेरामक्स’ प्रविधि खरिद प्रकरणमा उहाँलाई बयानको लागि बोलाइएको अख्तियारले जानकारी दिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रविधिसम्बन्धी प्रकरणमा बस्नेतसँगै पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत अख्तियारले बयानको लागि बोलाएको छ।
अख्तियारका अधिकारीले दुवै जनालाई अनुसन्धानमा सघाउनका लागि आउनुपर्यो भनेर बोलाएको बताएका छन् ।