शुक्रबारको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशले पुलिस क्लबलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलमा गण्डकीले २०–२५, २५–१५, १९–२५, ३१–२९ र १५–७ ले पराजित गरेको हो । गण्डकीका विशाल सोनारी म्यान अफ द म्याच घोषित भए ।
दोस्रो सेमिफाइनलमा एपीएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । एपीएफले २५–२०, १४–२५, ३०–२८, १४–२५ र १५–१३ ले पराजित गरेको हो । एपीएफका विजय थापा म्यान अफ द म्याच घोषित भए ।
माघ १४ देखि सुरु भएको प्रतियोगितामा ३ विभागीय र ७ प्रदेशका गरी १० टीमको सहभागिता थियो ।


















