Prakash Adhikari February 3, 2024

 

नयाँदिल्ली(भारत), २० माघ । इन्स्टाग्राममा आफ्नो ‘मृत्युको खबर’ सार्वजनिक गरिएको एक दिनपछि भारतीय मोडल पुनम पाण्डेले इन्स्टाग्राममै आफू जीवित रहेको बताउनुभएको छ।

शनिवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडिओ सन्देश जारी गर्दै पाण्डेले भन्नुभएको छ, ूम तपाईँहरू सबैसँग केही महत्त्वपूर्ण कुरा शेअर गर्न आवश्यक ठान्छु। म जीवित छु।ू

एक दिनअघि पुनम पाण्डेको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट पाठेघरको मुखको क्यान्सरबाट उहाँको मृत्यु भएको खबर आएको थियो।

शनिवार पोस्ट गरिएको भिडिओमा पुनम पाण्डेले भन्नुभएको छ, ूआउनुस् जनचेतना फैलाएर एक अर्कालाई सजग बनाऔँ र प्रत्येक महिलालाई आवश्यक कदमहरूबारे जानकारी गराउने कुरा सुनिश्चित गरौँ। यो रोगको विनाशकारी प्रभावलाई अन्त्य गर्न मिलेर काम गरौँ।ू

शुक्रवार पुनम पाण्डेको मृत्युको खबर बाहिरिएपछि धेरै प्रश्न उठिरहेका थिए।

सामाजिक सञ्जालमा धेरैले यो खबर पत्याउन सकेनन्।

पुनम पाण्डेको परिवारले सार्वजनिक रूपमा केही बोलेको छैन।

उहाँको मृत्यु कहाँ भएको हो भन्ने जानकारी नआएकाले शुक्रवार साँझसम्म शङ्काको वातावरण बनेको थियो।

बत्तीस वर्षीया पुनम पाण्डे सामाजिक सञ्जाल र मोडलिङको क्षेत्रमा चर्चित नाम हो।

यसअघि समेत उहाँले चर्चामा आउन विवादास्पद तरिका अपनाउने गर्नुभएको थियो।

Share Now