Prakash Adhikari February 6, 2024

काठमाडौं। २३ माघ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० वर्षे अवधिको लागि ‘१०% एनएमआईबी डिबेञ्चर २०९०” नामक ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले सार्वजनिक गरेको आह्वान पत्र अनुसार ऋण पत्र यही फागुन १ देखि सर्वसाधरण र संस्थागत लगानीकर्ताका लागि खुल्ने छ । बैंकले १० प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँ मूल्यका ४० लाख ४० हजार कित्ता ऋणपत्र जारी गर्दै छ । बैंकले ऋणपत्रको माध्यमबाट थप ४ अर्ब ४ करोड रुपैयाँको अतिरिक्त स्रोत परिचालन गर्ने छ ।

आह्वान पत्रमा दिइएको जानकारी अनुसार जारी गरिने कुल ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात १६ लाख १६ हजार कित्ता  सर्वसाधरण र सामूहिक लगानी कोषको लागि छुट्टयाएको छ ।  सामूहिक लगानी कोषको लागि ८० हजार ८ सय कित्ता छुट्याइएको छ भने १५ लाख ३५ हजार २ सय कित्ता ऋणपत्र सर्वसाधरणलाई सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री वितरण गरिने छ ।

कुल ऋणपत्रको ६० प्रतिशत अर्थात २४ लाख २४ हजार कित्ता भने विभिन्न संघसंस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने  छ ।

यसको ऋणपत्रको लागि कम्तिमा २५ कित्ताको लागि आवेदन दिनुपर्ने छ भने बढीमा १० लाख कित्ताको लागि आवेदन दिन पाइने छ ।

अगामी फागुन १ गतेदेखि निष्काशन हुने ‘१०% एनएमआईबी डिबेञ्चर २०९०” नामक ऋणपत्रको बिक्री छिटोमा फागुन ४ र ढिलोमा १५ फागुनमा बन्द हुने छ ।

ऋणपत्रको सार्वजनिक निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका कार्यालयहरु तथा मेरो शेयरको अनलाईन प्रयोग गरेर सी -आस्वामार्फत ऋणपत्र खरिदको आवेदन दिन सकिने छ ।

 

Share Now