काठमाडौं, २४ माघ । डायमण्ड (हिरा)कोअन्तराष्ट्रिय ब्रान्ड अजाया, नेपाल र दुबईको अल अली ग्रुपबीच व्यावसायिक साझेदारी हुने भएको छ ।
अजाया बा्रन्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहले मंगलवार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अली र अजाया नेपालका राकेशकुमार अडुिकयालेउक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुृभएको छ ।
।
यो समझदारीले विज्ञता र लगानीलाई एकैठाउँमा ल्याएकोहँदुा अजायाले छोटो समयमै विश्व बजारमा पहिचान बनाउने अपेक्षा गरिएको छ ।
त्यसैगरी विश्वकै चर्चित पर्यटन गन्तव्य दुबईको अनुभवी एवं प्रतिष्ठित कम्पनीलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न यो समझदारीले प्रोत्साहित गर्नेछ । विश्व बजारमा नेपाली हस्तकलाको प्रवद्र्धनमा पनि यो समझदारी कोशेढुंगा बन्न सक्ने अपेक्षा गरिएको छ ।
समझदारीबारे स्पष्ट पार्दै अजायाका राकेश अडुकिया भन्नुहुन्छ, “अजाया हामीले डायमन्डमा हासिल गरेको विशेषज्ञताका आधारमा अघि बढाइएको ब्रान्ड हो । यसलाई नेपालमा मात्रै नभएर विश्व बजारमै स्थापित गर्ने लक्ष्य छ । अल अली ग्रुपसँगकोसाझदारीले लगानी र विशेषज्ञतालाई एकैठाउँमा ल्याउने काम गरेकाले यो नेपाली ब्रान्ड छोटो समयमै विश्व बजारमा स्थापित हुने अपेक्षा गरेका छौं ।”
त्यसैगरी विशाल सम्भावना रहके ो नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउन पनि यो समझदारीले सहयोग गर्ने उहाँले बताउनुभयो । निकट भविष्यमै अल अली ग्रुप र अजायाको संयुक्त लगानीका उद्योगमार्फत पर्यटन क्षेत्रमा प्रवेश गर्ने बताउनुभयो ।
अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अलीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने आफ्नो समूहको चाहनालाई मूर्त रुप दिन यो समझदारी कोसेढुंगा साबित हुने बताउनुभयो । “नेपालको पर्यटन क्षेत्रमा हामीले ठूलो सम्भावना देखेका छौं । अल-अली ग्रुप पर्यटन र अतिथि सत्कार क्षेत्रको आफ्नो लामो अनुभवलाई नेपालमा पनि लगानी गर्न चाहन्छ । आजको समझदारी र अजायासँगको हातेमालोले हामीलाई निकै उत्साहित बनाएको छ ।,” उहाँले भन्नुभयो ।


















