काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरुसंग सरकारको नीति तथा कार्यक्रमका बिषयमा आज छलफल गरेका छन् ।
मंगलबार बिहान बालुवाटारमा आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यबस्थित गर्ने भन्ने बारेमा छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले अव्यबस्थित बसोबास विकासको बाधक भएकोले त्यसलाई व्यबस्थित गर्न बस्तीहरु स्थानान्तरण गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।
यसैगरी भूउपयोग सम्बन्धि नीति पनि बनाउनु पर्ने पूर्व प्रधानमन्त्रीहरुले सुझाव दिनुभएको छ ।
बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल,पुष्पकमल दाहाल,शेरबहादुर देउवा,बाबुराम भट्टराई,लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीको सहभागिता थियो ।