कीर्तिपुर(काठमाडौं), २५ माघ । नेपाल र क्यानडाबीच आज भैरहेको एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट सेरिजमा नेपालले क्यानडासमक्ष २ सय २५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा टस जितेर ब्याटिड. रोजेको नेपालले ५० ओभरको निर्धारित खेल पुरै ओभर खेल्दै २ सय २४ रन जोडेको थियो ।
नेपालको लागि ओपनर कुशल भूर्तेलले ६२ रन, आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सर्राफले १५, सूर्य तामाड.ले १०,आशिफ शेख र रोहित पौडेलले ८।८, रिजन ढकालले ४ र ललित राजवंशीले १ रनको योगदान गरे ।
नेपाललाई रोक्ने क्रममा क्यानडाका उदय भगवानले २, शाद विन जाफ र इश्वरजोत सोहीले २ ।२ तथा हर्ष ठाकर र शाहिद अहमद जाईले १ । १ विकेट लिए ।