Prakash Adhikari February 8, 2024

कीर्तिपुर(काठमाडौं), २५ माघ । नेपालका कप्तान रोहित पौडेल बलिड.मा चम्किएपछि आज क्यानडासंग भएको मैत्रीपूर्ण एकदिवसीय अन्तराष्ट्रिय सेरिजको पहिलो खेल नेपालले जितेको छ । नेपालले आजको खेलमा क्यानडालाई ७ रनले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिड. गरेको नेपालले क्यानडालाई २ सय २५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

५० ओभरको निर्धारित खेल ४७.५ ओभरमा टुंग्याउदै क्यानडाले जम्मा २ सय १७ रनमात्र बनाउन सक्यो । १३ बल बाँकी रहेकै बेलामा नेपालका कप्तान रोहित पौडेलले क्यानडाका ईश्वरजोत सोहीको विकेट लिइदिए । ओडिआईमा आजै डेब्यू गरेका सोही बडो सम्हालिएर खेलेका थिए । नेपालका ललित राजवंशीले डिलोन हेलिञ्जरलाई धरापमा पारेपछि ब्याट लिएर मैदानमा उत्रिएका सोहीले दुई बलमा कुनै रन बनाउन सकेका थिएनन् । उनी बोल्ड आउट भएपछि नतिजा नेपालको पक्षमा आएको हो ।

क्यानडाका लागि निकोलस कीर्टानले ६८, प्रगत सिंहले ५०,हर्ष ठकरले ३२,आरोन जोन्सनले २०, शाहिद अहमदजाईले १६, साद विन जाफरले ७,उदय भगवान र नवनित धालिवालले ६।६, डिल्लोन हैलिञ्जरले २ र श्रेयश मोभले १ रनको योगदान दिए । ईश्वरजोत सोही खाता नखोली आउट भए ।

क्यानडालाई रोक्ने क्रममा नेपालका कप्तान रोहित पौडेलले ४ विकेट लिए भने सोमपाल कामी ,रिजन ढकाल, पवन शर्राफ र कुशल मल्लले एकएक विकेट लिए । नेपालका क्याप्टेन रोहित पौडेल प्लेयर अफ द म्याच घोषित भए ।

यस पहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा टस जितेर ब्याटिड.. रोजेको नेपालले ५० ओभरको निर्धारित खेल पूरै ओभर खेल्दै २ सय २४ रन जोडेको थियो ।

नेपालको लागि ओपनर कुशल भूर्तेलले ६२ रन, आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सर्राफले १५, सूर्य तामाड।ले १०,आशिफ शेख र रोहित पौडेलले ८।८, रिजन ढकालले ४ र ललित राजवंशीले १ रनको योगदान गरे ।

नेपाललाई रोक्ने क्रममा क्यानडाका उदय भगवानले २, शाद विन जाफ र इश्वरजोत सोहीले २ ।२ तथा हर्ष ठाकर र शाहिद अहमद जाईले १ । १ विकेट लिए ।

आजको खेलमा नेपालबाट रिजन ढकाल र सूर्य तामाड.ले ओडीआई र लिष्ट ए डेब्यू गरेका थिए भने ईश्वरजोत सोही,नवनीत धालीवाल, श्रेयश मुभ,शाहिद अहमदजाइ, उदय भगवानले ओडीआई डेब्यू गरका थिए । यी मध्ये सोही र भगवानको लिष्ट ए मा पनि डेब्यू भएको हो ।

 

Share Now