Prakash Adhikari May 8, 2018

वाशिंटन डीसी, २५ बैशाख (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो मुलुक इरानसँगको एउटा अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट बाहिरिने घोषणा गरेका छन्।

स्थानीय समय अनुसार मंगलवार अपरान्ह ह्वाइट हाउसबाट बोल्दै ट्रम्पले सो संझौता अमेरिकाको राष्ट्रिय हितमा नरहेको बताए।

उनले इरानमाथि आतंकवाद निर्यात गरिरहेको आरोप लगाउँदै आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको भन्ने उसको भनाइ झुठ्ठा रहेको ‌ पनि बताए।

आदेश

उनले इरानी सरकारविरुद्ध कडा नाकावन्दीहरु लगाउने एउटा आदेशमा आफुले हस्ताक्षर गर्ने पनि बताए।

आगामी मे १२ को समयसीमाभित्र सो सम्झौता परित्याग गर्ने वा नगर्ने भनेर ट्रम्पले निर्णय लिइसक्नुपर्ने थियो।

उक्त सहमतिका अन्य हस्ताक्षरकर्ता ब्रिटेन, फ्रान्स र जर्मनीले अमेरिकालाई सो सहमतिबाट पछि नहट्न भनेका थिए।

यस अघि फ्रान्सका विदेशमन्त्रीले ट्रम्पले जस्तो निर्णय गरे पनि आफूहरू सो सम्झौताको पक्षमा उभिरहने बताएका थिए
यस अघि फ्रान्सका विदेशमन्त्रीले ट्रम्पले जस्तो निर्णय गरे पनि आफूहरू सो सम्झौताको पक्षमा उभिरहने बताएका थिए।

इरानलाई परमाणु अस्त्र उत्पादन गर्नबाट रोक्नका लागि सो सम्झौता सबैभन्दा उत्तम उपाय भएकाले ती तीन देशहरू सम्झौतालाई जोगाइराख्न प्रतिबद्ध भएको जाँ यिभ ल द्रियाँले बताए।

आग्रह


इरानले उसको परमाणु कार्यक्रम पूर्णतः शान्तिपूर्ण भएको जनाउने गरेको छ
हाल वाशिङटनको भ्रमणमा रहेका ब्रिटेनका विदेशमन्त्री बोरिस जनसनले अमेरिकी टेलिभिजनहरूलाई अन्तरवार्ता दिँदै सम्झौतालाई खारेज नगर्न आग्रह गरेका थिए।

अमेरिका बाहेकका परमाणु सम्झौताका अन्य हस्ताक्षरकर्ता देशहरूले इरानको फाइदालाई प्रत्याभूत गर्न सके तेहरानले उक्त सम्झौताको पालना गर्ने इरानका राष्ट्रपति हसन रुहानीले बताएका थिए
अमेरिका बाहेकका परमाणु सम्झौताका अन्य हस्ताक्षरकर्ता देशहरूले इरानको फाइदालाई प्रत्याभूत गर्न सके तेहरानले उक्त सम्झौताको पालना गर्ने इरानका राष्ट्रपति हसन रुहानीले बताएका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता एकदमै काम नलाग्ने भएको भन्दै बारम्बार त्यसको आलोचना गर्दै आएका छन्।

जोखिम

युरोपेली देशहरूले उक्त सम्झौतालाई निरन्तरता दिन सहमत भए भने पनि अमेरिकाले नयाँ प्रतिबन्धहरू लगाए त्यसले युरोपेली लगानीकर्ताहरूलाई इरानबाट फिर्ता हुने जोखिम निम्ताउन सक्ने विश्लेषकहरू बताउँछन्।

सन् २०१५ मा गरिएको सो सम्झौता अन्तर्गत तेहरानले उसको पारमाणविक कार्यक्रम सीमित तुल्याउने प्रतिबद्धता जनाएको थियो र बदलामा उसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू खुकुलो पारिएका थिए।

इरानले उसको परमाणु कार्यक्रम पूर्णतः शान्तिपूर्ण भएको जनाउँदै सो सम्झौतामाथि पुनः छलफल गर्न नसकिने बताउने गरेको छ।

Share Now

Leave a comment.