
कीर्तिपुर(काठमाडौं), २९ माघ । नेपाल र क्यानडाबीच एक दिवसीय अन्तर्राष्ट्रिय श्रृखलाको तेस्रो तथा अन्तिम खेलमा क्यानडाले घरेलु टिम नेपाललाई २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा भैरहेको खेलमटस हारेर ब्याटिड.मा उत्रेको क्यानडाले ५० ओभरको निर्धारित खेलमा ८ विकेटको क्षतिमा २ सय ३२ रन जोडेको छ ।
क्यानडाका लागि नवनित धालिवालले ५०, निखिल दत्तले ४५, शाद विन जाफरले ३१, हर्ष ठकरले २९, श्रेयश मुभ्भ ले २५,श्रीमन्थ विजयरत्नेले २२, निकोलस किर्तनले ३, डिलोन हेलिड.गर, शाहिद अहमदजाई र आरोन जोन्सनले ४।४ रन जोडेका थिए ।
क्यानडालाई रोक्ने क्रममा नेपालका हेमन्त धामीले ३,कुशल मल्लले २ तथा ललित राजवंंशी र आकाश चन्दले एक एक विकेट लिएका थिए ।
नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले क्यानडालाई हराउँदै उत्त सिरिजको क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । यता क्यानडा पनि अन्तिम खेलमा जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित अनिल शाह, कुशल मल्ल, देव खनाल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, कुशल भुर्तेल, र ललितनारायण राजवंशी छन् । क्यानडाको प्लेइङ ११ मा कप्तान साद बिन जाफरसहित आरोन जोन्सन, नवानित धलिवल, निकोलस कीर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, दिलप्रित बज्वा, श्रेयास मोभा, ईश्वरजोत सोहि, पर्गत सिंह र उदय भगवान सिंह छन् ।
–––