Prakash Adhikari February 15, 2024
काठमाडौं, ३ फागुन ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
माघ २९ गते सम्पन्न कम्पनीको सातौं वार्षिक साधारण सभाले  शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर र ०.८४ प्रतिसत नगद लाभांश पारित गरेको छ ।
साधारण सभाले पारित गरेको बोनस शेयरलाई समायोजन गर्ने गरी कम्पनीको चुक्ता पूँजी बढाउन   प्रवन्धपत्र र नियमावलीमा तद्अनुकूल  संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारित गरेको छ ।
कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठूको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९÷०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियुक्ति लगायतका नियमित एजेण्डाहरु पनि पारित गरेको छ।
वार्षिक साधारण सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फवाट डा. भिष्म कार्की र दिवेश लोहनी निर्विरोध सञ्चालक समितिका सदस्यमा निर्वाचित हुनु भएको छ ।
यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी रु. ४ अर्व ६४ करोड पूरा भएको छ ।
वार्षिक साधारण सभामा शेयरधनीहरुले राख्नु भएका जिज्ञासाहरु उपर कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतज्यूहरुले जवाफ दिनु भएको थियो ।
कम्पनीका सूचना अधिकारी दिपेशवावु तिवारीले दिनुभएको जानकारी अनुसार अध्यक्ष श्रेष्ठले कम्पनीलाई सफलताको सिंढी चढाउन  सहयोग गर्नुहुने वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, शेयरधनीहरु, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवालालाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
Share Now