Prakash Adhikari February 17, 2024

कीर्तिपुर(काठमाडौं), ५ फागुन । आईसीसी विश्वकप लिग २ अन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले दुई विकेट लिएको छ ।

नेपालले दोस्रो विकेट रन आउटमा पाएको हो । ललित राजवंशीले फालेको बलमा रन लिने क्रममा नेदरल्याण्ड्का म्याक्स ओ दाउद आउट भएका हुन ।
यसभन्दा पहिले नेपालले पहिलो ओभरमै विकेट झारेको थियो।

तीव्र गतिका बलर सोमपाल कामीले नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटलाई शून्य रनमा देव खनालको हातबाट क्याच आउट गराएका हुन्।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर बलिङ गरेको नेपालले तेस्रो बलमा नै विकेट लिएको हो ।

अहिले खेल नवौैं ओभरको अन्त्यमा छ र नेदरल्याण्ड्सले २ विकेटको क्षतिमा २६ रन जोडेको छ ।

आजको खेलमा नेपालले दीपेन्द्रसिंह ऐरी र देव खनाललाई टोलीमा समेटेको छ । पछिल्लो खेलमा रहेका करण केसी र पवन सर्राफ आजको प्लेइड. ११ मा छैनन् ।

आजको नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी र ललित राजवंशी रहेका छन् भने जगेडा खेलाडीमा आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, करण केसी रहेका छन् ।

नेदरल्यान्ड्सको टोलीमाम्याक्स ओ’डाउड, नोआह क्रोस, शारिज अहमद, आर्यन दत्त, स्कट एडवार्डस ९कप्तान०, माइकल लेभिट, भिभिएन किंग्मा, वेस्ली बरेसी, साइब्रान्ड एंगलब्रेक्ट, बास डे लिड र काइल क्लेन प्लेइड.११ मा रहेका छन् भने

जगेडा खेलाडीको रुपमा तेजा निदामनुरु, रोलफ भान डर मर्व, ओलिभर एलेन्बस, विक्रमजित सिंह रहेका छन् ।

लिग २ को खेल तालिकास्

१५ फेब्रुअरी विहीबार – नेपाल विरुद्ध नामिबिया – नामिबिया ४ विकेटले विजयी

१७ फेब्रुअरी शनिबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स(भैरहेको)

१९ फेब्रुअरी सोमबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स

२१ फेब्रुअरी बुधबार – नेपाल विरुद्ध नामिबिया

२३ फेब्रुअरी शुक्रबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स

२५ फेब्रुअरी आइतबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स

Share Now